Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विपन्न परिवारलाई पिउने पानीको व्यवस्था


११ चैत्र ,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो ।

वडा १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरियाटोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापाकलमार्फत शुद्ध पिउने पानीको व्यावस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए ।

जम्मा १५ वटा चापाकलमार्फत पिउने पानीको व्यवस्था गरिएको हो । नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक मिसिएको साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर सेवा समाजले प्रतिचापाकल करिब रु ८० हजार लगानी गरेर निःशुल्क खानेपानीको व्यावस्था गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

अहिले शुद्ध पिउने पानी आउने गरेको र आफूहरुले पहिला गाडेको कल चलाउन छाडेको ईश्वरपुर नगरपालिका–१ का रधुवीर सिंहले बताए ।

नगरपालिकाले सिफारिस गरेपछि आफूहरुले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख महतोले बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?