Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विपन्न परिवारलाई पिउने पानीको व्यवस्था


११ चैत्र ,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो ।

वडा १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरियाटोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापाकलमार्फत शुद्ध पिउने पानीको व्यावस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए ।

जम्मा १५ वटा चापाकलमार्फत पिउने पानीको व्यवस्था गरिएको हो । नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक मिसिएको साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर सेवा समाजले प्रतिचापाकल करिब रु ८० हजार लगानी गरेर निःशुल्क खानेपानीको व्यावस्था गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

अहिले शुद्ध पिउने पानी आउने गरेको र आफूहरुले पहिला गाडेको कल चलाउन छाडेको ईश्वरपुर नगरपालिका–१ का रधुवीर सिंहले बताए ।

नगरपालिकाले सिफारिस गरेपछि आफूहरुले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख महतोले बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?