Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।

दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पुर्याउने र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकको भनाई थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताए । गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताएका छन्।

कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले जनताको सेवा प्रदानमा कुनै पनि कमी,कमजोरी नहुनेगरी काम गर्न पनि नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी काम, कारबाहीबारे जानकारी गराएका थिए ।


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?