काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बसदुर्घटनामा परेको छ ।
आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार