काठमाडौँ । शनिबार सिन्धुलीमा दुर्घटनामा भई सुनकोसी नदीमा खसेको गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई फेला पारी नदी किनारमा निकालेको छ ।
भक्तपुरको सूर्यविनायक बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा हिजो साँझ ५ः३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार बलाम घटुवा र प्रणीत स्यागु रहेका छन् । सुनकोसीमा खसेलगत्तै सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् ।
प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार