Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छः उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गरेका छन्।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विकास, निर्माणको कामले प्राथमिकता पाएको उल्लेखगर्दै त्यसका लागि इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक अभियन्ताहरुले जनताको अधिकार पाप्तिको लडाईबाट सफलता हात पारेको स्मरण गराउँदै अब मुलुकको विकास, निर्माणको काममा तिब्रता दिन इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले काँग्रेस निकट इन्जिनियरहरुलाई नेपाल इन्जिनियर्स एशोसिशएनको निर्वाचनमा विजयी हुनेगरी तयार गर्नपनि सचेत गराए।

उपप्रधानमन्त्री सिंहले भने, ‘कन्ट्रीका लागि इन्जिनियर्सहरुको पहिला अधिकार गुमेको बेलामा पोलिटिकल लिडरहरु र अब अहिले अधिकार प्राप्त भईसक्यो । अब राम्रोसँग विकास, निर्माण गरेर जनतालाई राहत दिन सकेनौ भने त राम्रो भएन । त्यसमा विकास, निर्माणको क्रममा इन्यिनियर्सहरुको त्यसमा अत्यन्तै महत्वपूर्ण भुमिका रहेको छ । र रहनेवाला छ । त्यसका लागि रेसपोन्सिवल ढंगले तपाईहरु अगाडि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले सरकारले जनतालाई राहत दिनका लागि विकास, निर्माणको कामलाई तिब्रता दिइरहेको बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?