Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छः उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गरेका छन्।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विकास, निर्माणको कामले प्राथमिकता पाएको उल्लेखगर्दै त्यसका लागि इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक अभियन्ताहरुले जनताको अधिकार पाप्तिको लडाईबाट सफलता हात पारेको स्मरण गराउँदै अब मुलुकको विकास, निर्माणको काममा तिब्रता दिन इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले काँग्रेस निकट इन्जिनियरहरुलाई नेपाल इन्जिनियर्स एशोसिशएनको निर्वाचनमा विजयी हुनेगरी तयार गर्नपनि सचेत गराए।

उपप्रधानमन्त्री सिंहले भने, ‘कन्ट्रीका लागि इन्जिनियर्सहरुको पहिला अधिकार गुमेको बेलामा पोलिटिकल लिडरहरु र अब अहिले अधिकार प्राप्त भईसक्यो । अब राम्रोसँग विकास, निर्माण गरेर जनतालाई राहत दिन सकेनौ भने त राम्रो भएन । त्यसमा विकास, निर्माणको क्रममा इन्यिनियर्सहरुको त्यसमा अत्यन्तै महत्वपूर्ण भुमिका रहेको छ । र रहनेवाला छ । त्यसका लागि रेसपोन्सिवल ढंगले तपाईहरु अगाडि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले सरकारले जनतालाई राहत दिनका लागि विकास, निर्माणको कामलाई तिब्रता दिइरहेको बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?