काठमाडौँ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने २२ जना घाइते भएका छन् ।
उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका छन् ।
प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार