काठमाडौँ । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ ।
उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा हिजो राती १ः२० मा पहिरोमा परेर मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू रहेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।
प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार