तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको रुट प्रयोग गर्न भनेको छ । यस्तै, घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले पहिरोले मुख्य सडक बन्द भएकाले सवारी साधनहरुलाई वैकल्पि मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।आज बिहानैदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: ६ भाद्र २०८१, बिहीबार