काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा १ लाख ५३ हजारमा कारोबार भइरहेको बताएको छ।
बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा १ लाख ५३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।हालको सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो।
चाँदीको मूल्य पनि बुधबार तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार