Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

बिजुलीको लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको लाइन काटेपछि उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्।

प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार ७०० बक्यौता संकलनग गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार ४३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन्। एक हजार ४३६ ग्राहकबाट तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ।

आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले ९१८ ग्राहकको लाइन काटेकामा एक करोड ८४ लाख ६५ हजार ४५२ बक्यौता संकलन गरेको थियो। उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो। त्यतिबेला तीन करोड ६४ लाख ५७ हजार ६८२ बक्यौता उठ्नुपर्ने थियो। केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार ६१३ बराबरको विद्युत बिक्री गरेको छ।

रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार २७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष ७.९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२.७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?