सिन्धुली। तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमै बा २० च ८२८३ नम्बरको बोलेरो गाडी पल्टिदा दुर्घटनामा भएको हो । गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो। दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनाबाट ११ जना घाइते छन्। घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।जसमध्ये तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ।
प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार