Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सिन्धुलीमा गाडी दुर्घटना: दुई जनाको मृत्यु, ११ जना घाइते


सिन्धुली। तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमै बा २० च ८२८३ नम्बरको बोलेरो गाडी पल्टिदा दुर्घटनामा भएको हो । गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो। दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनाबाट ११ जना घाइते छन्। घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।जसमध्ये तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ।


प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?