Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

श्रीमतीको हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमान् पक्राउ


काठमाडौँ । श्रीमतीको निर्मम ढंगबाट हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रिनको गत २७ गते बन्चरो प्रहार गरी हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको र श्रीमतीको कपडा समेत सोही स्थान नजिकै गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाउँमा एक्कासि महिला हराएपछि प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले श्रीमती मारेर गाडेको स्थान देखाएको प्रहरीको भनाई छ ।

प्रहरीले पाख्रीनलाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?