काठमाडौँ । श्रीमतीको निर्मम ढंगबाट हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रिनको गत २७ गते बन्चरो प्रहार गरी हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको र श्रीमतीको कपडा समेत सोही स्थान नजिकै गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाउँमा एक्कासि महिला हराएपछि प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले श्रीमती मारेर गाडेको स्थान देखाएको प्रहरीको भनाई छ ।
प्रहरीले पाख्रीनलाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार