काठमाडौँ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँ घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार