काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुकुल ढकालले एकपटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा राज्यका प्रमुख पदमा पुग्न नपाउने गरी संविधान संशोधन हुनुपर्ने माग गर्दै १५ बुँदे प्रतिवेदन बुझाएका छन् ।
सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा ढकालले जनता प्रदेश संरचनालाई लिएर निराशा र आक्रोश रहेको जानकारी गराउदै प्रदेश संरचना खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन पेश गरेका हुन् ।
प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार