Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

६ वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठकमा कानुन टिआरसी विधेयकबारे छलफल गर्ने कार्यसूची छ भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै दिउँसो साढे १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साढे १२ बजे बस्नेछ।


प्रकाशित मिति: २४ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?