Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

देशभर मनसुनी वायुको प्रभाव कायमै :आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना


काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभर केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: २० श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?