Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

काे हुन पर्यटन राज्यमन्त्री अरुण कुमार चाैधरी?


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चाैधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चाैधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गाेपनीयताकाे सपथ लिएसँगै चाैधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चाैधरीले लुम्बिनी बिकास काेष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् । देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी बिकास काेषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।
काे हुन् राज्यमन्त्री चाैधरी ?

नवनियुक्त राज्यमन्त्री चाैधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए ।२२ बर्षकाे उमेरमा २०६२/०६३ काे जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा लाेकप्रिय सांसदका रुपमा चिनिन्छन् ।

राजनीतिमा जनताप्रति उत्तरदायी भएर निरन्तरता लाग्ने हाे भने जनताकाे मन जित्न सकिन्छ र अबसर पनि पाउन सकिन्छ भन्ने गतिलो उदारहण हुन्, चाैधरी ।उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाकाे मेयरकाे उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चाैधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदकाे पनि उम्मेदवार बने । त्यसपटक पनि निर्वाचित हुन सकेनन् ।

उनी भन्छन्, `हारजित मेराे लागि ठुलो कुरा हैन्, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेराे पुर्ख्याैली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेराे समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ काे आन्दोलन देखि नै लागेको मान्छे हुँ । आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन्, म मेराे समाज परिवर्तन गर्ने, बिकास गर्ने र सम्बृद्व बनाउने आन्दोलनमा अन्यन्तै संघर्षरत यात्रा निरन्तर गर्दै आएकाे मान्छे हुँ । अन्ततः मेराे जनताप्रतिकाे इमान्दारीता र समाजप्रतिकाे जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमाेदन गरेर नागरिकहरुले यहाँसम्म ल्याउनु भएको छ ।´

समाज परिवर्तनकाे आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् । `मेराे लागि मन्त्री बन्नु ठुलो कुरा हैन् । तर, हिजो आम नागरिक भएर, एउटा अभियान्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मनाेभावना, चाहाना र आकांक्षा सँगसँगै राज्यकाे समग्र बिकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेकाे मान्छे हुँ´, उनी भन्छन्, `अब मन्त्रीकाे कुर्सिमा बसेर मैले मेराे अधिकार र प्रचलित कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै इमान्दार पुर्वक आम जनताका पक्षमा वफदार भएर अधिकतम् काम गर्नेछु ।´


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?