Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व राणाको परिवारलाई सहयोग


९ चैत्र ,काठमाडौँ । स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामै बोर्डका अध्यक्ष भुवन केसी र कोषका संयोजक वसुन्धरा भुसाल पुगेका थिए ।

राहत कोषमा रकम जुटाउन पहल भइरहेकै कारण सहयोग गर्दा सीमितता भएको बोर्ड अध्यक्ष केसीले बताए । “सरकारसँग बेलाबखतमा कलाकारलाई सहयोग गर्न सकिने कोषमा रकम जम्मा गर्न भनिरहेका छौँ । आश्वासन पनि पाएका छौँ । त्यसो भएमा हामीले राम्रोसँग सहयोग गर्न सक्छौँ”, बोर्ड अध्यक्ष केसीले भने ।

उनले कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था र नीति नियम नरहेकोसमेत जानकारी दिए । गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुङ्गाबाट उद्धार गरेर उपचारका लागि स्नेही काखले अस्पताल भर्ना गरेको थियो ।

विसं २०४१ मा बनेको चलचित्र ‘अन्याय’बाट अभिनयमा प्रवेश गरेका अभिनेता राणाले वसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाँया–२, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आइएम सरी, कसले चोर्यो मेरो मन, दासढुङ्गा, दागलगायतका सय बढी चलचित्रमा अभिनय गरेका छन्‌ ।

अभिनेता राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?