Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट


काठमाडाैं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ ।

सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरुहुन् बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको सर्बविदित्तै छ । १७२ बर्ष भन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधी र आधुनिकता सँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, ब्यावसायि तथा संभ्रान्तहरुको पहिलो रोजाई बन्दै आएको छ ।

होटल उडल्याण्ड सँगै दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनी सँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो । “नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं ।“ वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, “त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनी सँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं ।“ उनी थप्छन्, “सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिंदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं ।“ कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।


प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?