Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण


काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सदनको ध्यानाकर्षण गराएका छन्। चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले यस्तो बताएका हुन्।

जनताले चुरे तथा वनजंगलको संरक्षण गर्नुपर्‍यो भन्दा सरकारले कानमा तेल हालेर बस्नु गलत भएको महरले बताए। ‘उहाँहरूको आन्दोलन शालीन छ, माग जायज छन्। वन र चुरेको चिन्ता गरेर २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुग्नु र १४ दिनदेखि माइतीघरमा धर्ना दिनु निकै कष्टकर विषय हो। उहाँहरूको चिन्तालाई सरकारले महसुस गरेर माग सम्बोधन गर्नुपर्थ्यो। तर, सरकार कानमा तेल हालेर सुतेको छ। त्यसैले सरकार र सदनको ध्यानाकर्षण गराउन धर्नास्थलमा आएको हुँ,’ उनले भने।

चुरे विनासले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको महरले बताए। चुरे विनासले वातावरणमा प्रतिकुल असर गरिरहेको उनको भनाइ छ।

‘‘चुरे बचाऊ : हामीलाई पानी देऊ सरकार’ भन्ने प्रभावित क्षेत्रका जनताको माग हो। पानी नपाएसम्म हामी फर्किनौं, बरु यतै मर्छौं भनेर जनता सडकमा छटपटाइरहेका छन्। राज्यलाई बिझेको छैन,’ उनले भने।

चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको संकटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले नजरअन्दाज गर्न नहुने महरले बताए। ‘चुरे संरक्षणलाई सबैको साझा मुद्दा बनाउन र संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने

चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति महरले चिन्ता व्यक्त गरे। जमिनमुनिको पानीको स्रोत बचाउन वनजंगल फँडानी र अतिक्रमण रोक्नुपर्ने उनको सुझाव छ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?