Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण


काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सदनको ध्यानाकर्षण गराएका छन्। चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले यस्तो बताएका हुन्।

जनताले चुरे तथा वनजंगलको संरक्षण गर्नुपर्‍यो भन्दा सरकारले कानमा तेल हालेर बस्नु गलत भएको महरले बताए। ‘उहाँहरूको आन्दोलन शालीन छ, माग जायज छन्। वन र चुरेको चिन्ता गरेर २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुग्नु र १४ दिनदेखि माइतीघरमा धर्ना दिनु निकै कष्टकर विषय हो। उहाँहरूको चिन्तालाई सरकारले महसुस गरेर माग सम्बोधन गर्नुपर्थ्यो। तर, सरकार कानमा तेल हालेर सुतेको छ। त्यसैले सरकार र सदनको ध्यानाकर्षण गराउन धर्नास्थलमा आएको हुँ,’ उनले भने।

चुरे विनासले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको महरले बताए। चुरे विनासले वातावरणमा प्रतिकुल असर गरिरहेको उनको भनाइ छ।

‘‘चुरे बचाऊ : हामीलाई पानी देऊ सरकार’ भन्ने प्रभावित क्षेत्रका जनताको माग हो। पानी नपाएसम्म हामी फर्किनौं, बरु यतै मर्छौं भनेर जनता सडकमा छटपटाइरहेका छन्। राज्यलाई बिझेको छैन,’ उनले भने।

चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको संकटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले नजरअन्दाज गर्न नहुने महरले बताए। ‘चुरे संरक्षणलाई सबैको साझा मुद्दा बनाउन र संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने

चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति महरले चिन्ता व्यक्त गरे। जमिनमुनिको पानीको स्रोत बचाउन वनजंगल फँडानी र अतिक्रमण रोक्नुपर्ने उनको सुझाव छ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?