Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद्ः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद भएको बताएका छन् । उनले बजेट वार्षिक कार्यक्रम भएको र वर्षभरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाए । बजेट वक्तव्यमा हतार गरेर सांसदहरुको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुभन्दा पहिले म संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधकाबीचमा त्यसको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा हो यसप्रति दुःख व्यक्त गर्न चाहन्छु । समस्याको समाधान गर्न हामी किन सक्दैनौं ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो । समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन । त्यसकारण यस्तो संस्कार र यस्तो संस्कृति हामीले बसाल्न हुँदैन । यसको तत्काल समाधान खोज्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु । म दुःखका साथ भन्न चाहन्छु बजेट वक्तव्यमा हतार गरेर हामीलाई बोल्न नदिएर, सांसदहरुको अधिकारसमेत कटौती हुनेगरी हतारमा टुंग्याइयो त्यसप्रति पनि म दुःख व्यक्त गर्न चाहन्छु । वार्षिक कार्यक्रम हो, वर्षभरिलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा नपाउने हो भने के अर्थ छ हाम्रो ? हाम्रो अधिकार किन कटौती गरियो ? यसप्रति मेरो आपत्ति छ म आपत्ति जनाउन चाहन्छु । विश्वयुद्धको संघारमा गइरहेको छ विश्व । यस्तो अवस्थामा हाम्रा लाखौं नेपालीहरु मध्यपूर्वमा हुनुहुन्छ उहाँहरुको सुरक्षाको लागि नेपाल सरकारले के कदम चाल्दैछ ? गम्भीर हुनुपर्ने आवश्यकता छ, मैले एक वर्ष पहिला भनेको थिएँ परिस्थिति त्यहाँ पुग्ने अवस्था छ, त्यसको लागि यहाँको उत्पादनतिर र रोजगारी सिर्जना गर्नेतर्फ बेलैमा छलफल गरौं भनेको कुरा स्मरण गराउन चाहन्छौं । त्यो त हामीले गरेनौं, अब उनीहरुको सुरक्षाका बारेमा सरकारले के गर्छ ? भन्ने गम्भीर प्रश्न उठेको छ । त्यहाँ चालिसौं लाख नेपाली हुनुहुन्छ भोलि युद्ध चर्किदा फिर्ता कसरी ल्याउँछौं ? सुरक्षा कसरी गर्छौं ? रोजगारी कसरी दिन्छौं ? खाना कसरी दिन्छौं ? धेरै गम्भीर विषय छ ।’

उनले मध्यपूर्वमा रहेका चालिसौं लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्र गरेका छन् ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?