Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद्ः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद भएको बताएका छन् । उनले बजेट वार्षिक कार्यक्रम भएको र वर्षभरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाए । बजेट वक्तव्यमा हतार गरेर सांसदहरुको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुभन्दा पहिले म संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधकाबीचमा त्यसको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा हो यसप्रति दुःख व्यक्त गर्न चाहन्छु । समस्याको समाधान गर्न हामी किन सक्दैनौं ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो । समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन । त्यसकारण यस्तो संस्कार र यस्तो संस्कृति हामीले बसाल्न हुँदैन । यसको तत्काल समाधान खोज्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु । म दुःखका साथ भन्न चाहन्छु बजेट वक्तव्यमा हतार गरेर हामीलाई बोल्न नदिएर, सांसदहरुको अधिकारसमेत कटौती हुनेगरी हतारमा टुंग्याइयो त्यसप्रति पनि म दुःख व्यक्त गर्न चाहन्छु । वार्षिक कार्यक्रम हो, वर्षभरिलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा नपाउने हो भने के अर्थ छ हाम्रो ? हाम्रो अधिकार किन कटौती गरियो ? यसप्रति मेरो आपत्ति छ म आपत्ति जनाउन चाहन्छु । विश्वयुद्धको संघारमा गइरहेको छ विश्व । यस्तो अवस्थामा हाम्रा लाखौं नेपालीहरु मध्यपूर्वमा हुनुहुन्छ उहाँहरुको सुरक्षाको लागि नेपाल सरकारले के कदम चाल्दैछ ? गम्भीर हुनुपर्ने आवश्यकता छ, मैले एक वर्ष पहिला भनेको थिएँ परिस्थिति त्यहाँ पुग्ने अवस्था छ, त्यसको लागि यहाँको उत्पादनतिर र रोजगारी सिर्जना गर्नेतर्फ बेलैमा छलफल गरौं भनेको कुरा स्मरण गराउन चाहन्छौं । त्यो त हामीले गरेनौं, अब उनीहरुको सुरक्षाका बारेमा सरकारले के गर्छ ? भन्ने गम्भीर प्रश्न उठेको छ । त्यहाँ चालिसौं लाख नेपाली हुनुहुन्छ भोलि युद्ध चर्किदा फिर्ता कसरी ल्याउँछौं ? सुरक्षा कसरी गर्छौं ? रोजगारी कसरी दिन्छौं ? खाना कसरी दिन्छौं ? धेरै गम्भीर विषय छ ।’

उनले मध्यपूर्वमा रहेका चालिसौं लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्र गरेका छन् ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?