Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यकः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताएका छन् ।

बिहीवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताए । उनले मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताए । उनका अनुसार सरकारले दिएको रोजगारीमात्रै रोजगारी होइन । निजी क्षेत्रले समेत दिएको रोजगारी हो । सरकारले दिएको रोजगारीलाई मात्रै रोजगादी देख्ने भ्रमबाट मुक्त हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार त्यसैकारण सरकार निजी क्षेत्रमैत्री नीति बनाएर अघि बढिरहेको छ । त्यही आधारमा अहिले हरेक क्षेत्रमा सरकारले कानूनहरु पनि नीजि क्षेत्र मैत्री बनाइएको छ । भण्डारीले राष्ट्रिय व्यवसायी तालिम प्रतिष्ठानको नेतृत्व स्थाई बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको उनको भनाई रहेको छ ।

श्रममन्त्री भण्डारीले भने ‘सरकारले रोजगारी दिन्छ नदिने भन्ने हुँदैन । तर त्यसमा सीमा हुन्छ । बढी रोजगारी दिन सक्दैन । रोजगारीका लागि सरकारले वातावरण तयार गरिदिने हो । प्रमुख रोजगारीको क्षेत्र भनेको निजी क्षेत्र नै हो । निजी क्षेत्रसँग सहकार्य गरेर नै सरकारले राजगारीका अवसरहरु सिर्जना गर्ने हो । मुलुकको आर्थिक समृद्धि र अभिवृद्धि निजी क्षेत्रसँग सहकार्य गरेर हुन्छ भन्नेमा हामी विश्वस्त छ ।’

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरै भन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?