Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यकः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताएका छन् ।

बिहीवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताए । उनले मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताए । उनका अनुसार सरकारले दिएको रोजगारीमात्रै रोजगारी होइन । निजी क्षेत्रले समेत दिएको रोजगारी हो । सरकारले दिएको रोजगारीलाई मात्रै रोजगादी देख्ने भ्रमबाट मुक्त हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार त्यसैकारण सरकार निजी क्षेत्रमैत्री नीति बनाएर अघि बढिरहेको छ । त्यही आधारमा अहिले हरेक क्षेत्रमा सरकारले कानूनहरु पनि नीजि क्षेत्र मैत्री बनाइएको छ । भण्डारीले राष्ट्रिय व्यवसायी तालिम प्रतिष्ठानको नेतृत्व स्थाई बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको उनको भनाई रहेको छ ।

श्रममन्त्री भण्डारीले भने ‘सरकारले रोजगारी दिन्छ नदिने भन्ने हुँदैन । तर त्यसमा सीमा हुन्छ । बढी रोजगारी दिन सक्दैन । रोजगारीका लागि सरकारले वातावरण तयार गरिदिने हो । प्रमुख रोजगारीको क्षेत्र भनेको निजी क्षेत्र नै हो । निजी क्षेत्रसँग सहकार्य गरेर नै सरकारले राजगारीका अवसरहरु सिर्जना गर्ने हो । मुलुकको आर्थिक समृद्धि र अभिवृद्धि निजी क्षेत्रसँग सहकार्य गरेर हुन्छ भन्नेमा हामी विश्वस्त छ ।’

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरै भन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?