Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता


सिरहाको लहान नगरपालिकामा अवस्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ । पौराणिककालमा जनताको अत्यधिक सम्मान पाएका लोकनायक उनैको राजा सलहेसको वीरता झल्काउने गरी मुख्य प्रवेशद्वार निर्माण, फूलबारीका वरिपरि घेराबार, पोखरीको संरक्षण, निर्मित संरचनालाई मर्मतसम्भार तथा प्रयोग र अन्य पूर्वाधार निर्माण गरिने भएको छ ।

आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्ला धेरै ऐतिहासिकस्थल रहेका छन् । प्रत्येक वर्ष वैशाख १ गते जुडशीतल (सिरुवा पर्व) मा यहाँ ठूलो मेला लाग्ने गर्दछ । सहलेस फूलबारी जिल्लाको साविक सिस्वानी गाउँ विकास समिति हाल लहान नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिकस्थल हो । लहानको सहिदचोकदेखि चार किलोमिटर पश्चिम पूर्वपश्चिम लोकमार्गदेखि दक्षिणमा करिब नौ बिघामा फैलिएको सो फूलबारी दुसाध र दनुवार जातिका इष्ट देवताका रूपमा प्रसिद्ध रहेको छ । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । हारामको रुख नजिकै सहलेस राजा तथा मालिनीको मन्दिर रहेको छ । त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ ।

मधेस प्रदेश पर्यटन विकास कार्यालय लहानका कार्यालय प्रमुख सन्तोषकुमार साह, लहान नगरपालिका नगर प्रमुख महेश चौधरी, वडाध्यक्ष बद्रीनारायण चौधरीलगायतले हालै स्थलगत निरीक्षण गरी यसस्थलको संरक्षणका विभिन्न योजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । धार्मिक पर्यटकका लागि यस फूलबारीलाई सौन्दर्यीकरण गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य लिइएको मधेस प्रदेश पर्यटन विकास कार्यालय लहानका कार्यालय प्रमुख साह बताउनुभयो । पर्यटन विकास कार्यालय लहानको रु एक करोड बजेटबाट कार्यारम्भ गर्ने निर्णय गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?