Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

वीरगञ्जमा पुन: ‘हेल्थ डेस्क’ सञ्चालन


भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो । वीरगन्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिनुभयो ।

उहाँले यही पुस महिनाको १ गते देखि १९ गते सम्मा सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताउनुभयो । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिला समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा टेष्टलाई बढाएको उहाँको भनाइ छ । नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडियु, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनाशिक्त र अक्सिजनको प्रबन्ध मिलाइएको बताउनुभयो । ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रमक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकले सुझाव दिएका छन् ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?