Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वीरगञ्जमा पुन: ‘हेल्थ डेस्क’ सञ्चालन


भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो । वीरगन्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिनुभयो ।

उहाँले यही पुस महिनाको १ गते देखि १९ गते सम्मा सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताउनुभयो । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिला समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा टेष्टलाई बढाएको उहाँको भनाइ छ । नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडियु, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनाशिक्त र अक्सिजनको प्रबन्ध मिलाइएको बताउनुभयो । ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रमक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकले सुझाव दिएका छन् ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?