Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

देउवालाइ खुला पत्र


श्रीमान
सभापति ज्यु/पदाधिकारी ज्युहरु
नेपाली काँग्रेस, केन्द्रीय समिति
सानेपा।

बिषय : संयुक्त बैठक सम्बन्धमा ।

महोदय,
वर्तमान सत्ता गठबन्धनका राजनीतिदलहरुका केही शिर्ष नेताहरुको बिगत देखिकै जनबिरोधी हर्कतबाट जनता पिडामा बस्न बाध्य भएको सर्बवितितै छ । खर्बौंको सहकारी रकमको ठगि,खर्बौंकै सरकारी जग्गा (गिरीबन्दु टिस्टेट) लगायतका काण्डमा ठुला माछाका नाममा स्थापितहरु स्पष्ट रुपमै जनता स्वयमले किटान गरिसकेका छन ।

अहिले सरकारमा संलग्न यी स्वेत अपराधीहरुलाई कार्यबाहीको दायरामा ल्याउनु पर्ने माग सहित काँग्रेस , संसद र सडकमा संघर्रत छ। संसदलाई खशीको टाउको राखेर कुकुरको मासुबेच्ने थलो हो भन्ने वामपन्थी धारणामा विश्वास राख्नेहरु र पपुलिजमका नाममा कुनै राजनीतिक आईडियोलोजी बनाई नसकेकाहरुबाट संसदीय ब्यबस्थाको गरिमा बढाउन पुर्ण साथसमर्थन रहनेकुरामा जनताको तहबाट शंकाआशंका छदैछ।

यसर्थ
वर्तमान समसामयिक विषयवस्तुलाई जनमानसमा लैजान र जनबिरोधी कार्यको भण्डाफोर गर्नका लागि साझाधारणा बनाउन लामो समय देखि बस्न न सकेको नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न जोडदार माग गर्दछु ।

नैनिसंह महर


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?