Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

फाइनल खेल महानगर र चन्द्रागिरी नगरपालिकाबिच


काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । आज मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको टीम म्यानेजर नविन चित्रकारले जानकारी दिनुभयो ।

खेलको म्यान अफ द म्याच महानगरको टीमबाट जर्सी नम्बर १० का अनिल खड्का घोषित हुनुभयो । सेमीफाइनलको अर्को खेल चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाको टीम बिच भएको थियो । यस खेलमा १–० गोल अन्तरले चन्द्रागिरी फाइनलमा पुगेको छ । महानगरपालिकाले फाइनल खेल चन्द्रागिरी नगरपालिकासँग खेल्नेछ ।

महानगरपालिकाको टीमले उच्च आत्मबलका साथ खेल प्रदर्शन गरेको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले प्रतिक्रिया दिनुभयो । यस प्रकार खेलका विभिन्न प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको क्षमता विकासमा महानगरपालिकाको जोड रहेको के. सी. को भनाइ छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?