Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

फाइनल खेल महानगर र चन्द्रागिरी नगरपालिकाबिच


काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । आज मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको टीम म्यानेजर नविन चित्रकारले जानकारी दिनुभयो ।

खेलको म्यान अफ द म्याच महानगरको टीमबाट जर्सी नम्बर १० का अनिल खड्का घोषित हुनुभयो । सेमीफाइनलको अर्को खेल चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाको टीम बिच भएको थियो । यस खेलमा १–० गोल अन्तरले चन्द्रागिरी फाइनलमा पुगेको छ । महानगरपालिकाले फाइनल खेल चन्द्रागिरी नगरपालिकासँग खेल्नेछ ।

महानगरपालिकाको टीमले उच्च आत्मबलका साथ खेल प्रदर्शन गरेको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले प्रतिक्रिया दिनुभयो । यस प्रकार खेलका विभिन्न प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको क्षमता विकासमा महानगरपालिकाको जोड रहेको के. सी. को भनाइ छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?