Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

आमा काे हुन?


आमा : आमा हुन्
आमा : सासु आमा होईनन् ।
दिदि : आमा पछिको आमा हुन्, ममताको हिसावले तर आमा होईनन्,
ठुली आमा, सानी आमा, काकी, भाउजु , हजुरआमा, घरबेटी आमाको सम्वन्ध आफ्नो आफ्नो ठाउँमा छ तर जन्मदिने आमासँग यि सम्वन्धहरुलाई दाँज्नै मिल्दैन ।
जन्म दिने सँग कर्म सिकाउनेलाई तुलना गर्नै मिल्दैन ।
फेसबुकमा फोटो नहाले सासु रिसाउलिन्, काकीले के सोच्लिन्, मामाघर कि हजुरआमा, घर कि हजुरआमा, भाउजु पनि आमा समान कि हुन्, ससुराली कि सासुआमा, यो, उ सम्वन्धलाई जन्मदिने आमासँग नजोडौँ
सबै प्रति उच्च सम्मान त छ

आफ्नो ममतामयी आमाप्रति स्वम आफू समर्पित होऔँ वस् पुगि त हाल्यो।
आप्नो ज्यानको बाजी लगाएर त्यो प्रशव पिडामा छट्पटाउदै जन्मदिने आमा
भोक,प्यास, निन्द्रा सबै भुलेर सन्तानको खुसीलाई नै आफ्नो सफलता ठान्ने आमा
अनि कसरी सकिन्छ समान ठान्न?
बुहारी कहिल्यै छोरी जस्तो हुन सक्दिनन्
छोरी कहिल्यै बुहारी जस्तो हुन सक्दिनन्
आमा : कहिँ कतै छोरीको खुट्टा अन्जानमा छुन पुगे ठूलै पाप गरे झै गरि पाप कट्टी गर्नकै लागि छोरीको खुट्टा ढोग्छिन्,
सासुआमा : कतैबाट बुहारी आउँदा परै देखि खुट्टा ढोगाउन तम्तयार भएर बसेकि हुन्छिन्,
हजार भन्दा बढी होलान्, यस्ता उदाहरण ……

म मेरि सासु आमालाई सम्मान गर्छु तर मेरी आमाको ठाऊँ म दिन सक्दिन।
म मेरि जन्म दिने आमा सँग अँगालो हालेर रुन सक्छु, सासुआमा सँग सक्दिन
म मेरि जन्म दिने आमा सँग दिल खोलेर कुरा गर्न सक्छु, हाँस्न सक्छु, जिस्किन सक्छु , सासु आमा सँग सक्दिन …
जन्मघरमा पाक्नासाथ भोक लागे खान सक्छु,
पाकेको कुरा चाख्न सक्छु

कुनै छेकवार नै छैन
तर, बिहे घरमा म मौनतासँग हाँस्छु, रमाँऊछु।
यस्ले के भन्ला, उसले के भन्ला? हर घडी म सचेत हुन्छु।
त्यसैले,
जन्मघर : जन्मघर हो।
आमा : आमा हुन।
१० धारा दुधको मूल्य अरु सँग हुनै सक्दैन


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?