Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पत्थरीको समस्या छ ? यसरी गर्नुस अपरेशन बिना नै घरमा पत्थरीको उपचार !


मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । मृगौलाको काम शरीरमा पानीको स्तर र अन्य तरल पदार्थ, केमिकल स्तर सही राख्नु र हानिककारक पदार्थ बाहिर निकाल्नु हो । हामीले जे खान्छौँ, त्यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्छ। खानाबाट पाइने पोषक तत्वलाई शरीरको रगतसम्म पुर्याउने काम पनि मृगौलाले गर्ने गर्छ।

तर कहिलेकाही गलत खानपानका कारण मृगौलालाई समस्या पुग्छ र मृगौला सम्बन्धी विभिन्न समस्या पैदा हुने गर्छन्। मृगौलाको पत्थरी पनि एक समस्या हो । कयौँ व्यक्तिको त यो पत्थरी निकाल्नका लागि शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ।

आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसले किड्नीको पत्थरी निकाल्नमा सहयोग गर्ने गर्छ।

प्रसस्त मात्रामा पानी: मानव शरीरमा ७० प्रतिशत पानी छ। पानीको कमीले शरीरमा विभिन्न किसिमको नोक्सान पुग्न सक्छ। कुनै पनि सामान्य व्यक्तिले दिनमा करिब २ देखि ३ लिटर पानी पिउन आवश्यक छ। तपाईले जति पानी पिउनुहुन्छ। पिसावबाट तपाईको शरीरमा उतिधेरै विकार पदार्थ बाहिर निस्किन्छन्। मृगौलामा पत्थरीको समस्या छ भने पनि तपाईले धेरै पानी पिएर त्यसलाई बाहिर निकाल्न सहयोग पुग्ने गर्छ।

जैतुनको तेल र कागतीको रस: यदी तपाई मृगौलाको पत्थरीको समस्या बिना शल्यक्रिया बाहिर निकाल्न चाहनुहुन्छ भने जैतुनको तेल र कागतीको रस पनि एक अचुक घरेलु उपचार बन्ने गर्छ। तपाईले जैतुनको तेलमा कागतीको रस राखेर हरेक दिन पिउँदा मृगौलाको पत्थरी बाहिर निस्किनमा सहयोग पुग्ने गर्छ।

भिनेगर: स्याउको भिनेगरमा सिट्रिक एसिड पाइने गर्छ। जसले मृगौलाको पत्थरीलाई टुक्रा टुक्रा पार्नमा सहयोग गर्छ। यसले टन्सिलको समस्या पनि हटाउने गर्छ। तर यसको प्रयोग गर्दा यसको मात्राको भने निकै ध्यान दिनुपर्छ। तपाईले दुई चम्चा भिनेगरलाई मनतातो पानीमा राखेर हरेक दिन पिउन सक्नुहुनेछ।

अनारको सेवन: एन्टीअक्सिडेड गुणले भरिपूर्ण अनारले इम्युनिटी पावर बढाउनमा सहयोग गर्छ। साथै अनारको जुसले शरीरलाई पानीको कमीबाट बचाउने गर्छ र प्राकृतिक तरिकाले पत्थरीलाई बाहिर निकाल्नमा सहयोग गर्छ।

अमला: अमलाले पनि पत्थरी बाहिर निकाल्नमा सहयोग गर्छ। यसका लागि तपाईले रहेक बिहान एक एक चम्चा अमलाको पाउडर खान सक्नुहुनेछ। अमला बाहेक पत्थरीको औषधिका रुपमा जामुन पनि खान सकिन्छ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?