Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

पत्थरीको समस्या छ ? यसरी गर्नुस अपरेशन बिना नै घरमा पत्थरीको उपचार !


मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । मृगौलाको काम शरीरमा पानीको स्तर र अन्य तरल पदार्थ, केमिकल स्तर सही राख्नु र हानिककारक पदार्थ बाहिर निकाल्नु हो । हामीले जे खान्छौँ, त्यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्छ। खानाबाट पाइने पोषक तत्वलाई शरीरको रगतसम्म पुर्याउने काम पनि मृगौलाले गर्ने गर्छ।

तर कहिलेकाही गलत खानपानका कारण मृगौलालाई समस्या पुग्छ र मृगौला सम्बन्धी विभिन्न समस्या पैदा हुने गर्छन्। मृगौलाको पत्थरी पनि एक समस्या हो । कयौँ व्यक्तिको त यो पत्थरी निकाल्नका लागि शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ।

आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसले किड्नीको पत्थरी निकाल्नमा सहयोग गर्ने गर्छ।

प्रसस्त मात्रामा पानी: मानव शरीरमा ७० प्रतिशत पानी छ। पानीको कमीले शरीरमा विभिन्न किसिमको नोक्सान पुग्न सक्छ। कुनै पनि सामान्य व्यक्तिले दिनमा करिब २ देखि ३ लिटर पानी पिउन आवश्यक छ। तपाईले जति पानी पिउनुहुन्छ। पिसावबाट तपाईको शरीरमा उतिधेरै विकार पदार्थ बाहिर निस्किन्छन्। मृगौलामा पत्थरीको समस्या छ भने पनि तपाईले धेरै पानी पिएर त्यसलाई बाहिर निकाल्न सहयोग पुग्ने गर्छ।

जैतुनको तेल र कागतीको रस: यदी तपाई मृगौलाको पत्थरीको समस्या बिना शल्यक्रिया बाहिर निकाल्न चाहनुहुन्छ भने जैतुनको तेल र कागतीको रस पनि एक अचुक घरेलु उपचार बन्ने गर्छ। तपाईले जैतुनको तेलमा कागतीको रस राखेर हरेक दिन पिउँदा मृगौलाको पत्थरी बाहिर निस्किनमा सहयोग पुग्ने गर्छ।

भिनेगर: स्याउको भिनेगरमा सिट्रिक एसिड पाइने गर्छ। जसले मृगौलाको पत्थरीलाई टुक्रा टुक्रा पार्नमा सहयोग गर्छ। यसले टन्सिलको समस्या पनि हटाउने गर्छ। तर यसको प्रयोग गर्दा यसको मात्राको भने निकै ध्यान दिनुपर्छ। तपाईले दुई चम्चा भिनेगरलाई मनतातो पानीमा राखेर हरेक दिन पिउन सक्नुहुनेछ।

अनारको सेवन: एन्टीअक्सिडेड गुणले भरिपूर्ण अनारले इम्युनिटी पावर बढाउनमा सहयोग गर्छ। साथै अनारको जुसले शरीरलाई पानीको कमीबाट बचाउने गर्छ र प्राकृतिक तरिकाले पत्थरीलाई बाहिर निकाल्नमा सहयोग गर्छ।

अमला: अमलाले पनि पत्थरी बाहिर निकाल्नमा सहयोग गर्छ। यसका लागि तपाईले रहेक बिहान एक एक चम्चा अमलाको पाउडर खान सक्नुहुनेछ। अमला बाहेक पत्थरीको औषधिका रुपमा जामुन पनि खान सकिन्छ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?