Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

बोक्सीको घरकाे अनपेक्षित ओपनिङ : पहिलो साताको व्यापार ४ करोडमाथि पुग्ने अनुमान


काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले अनपेक्षित ‘ओपनिङ’ गर्‍यो । पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले शनिबार थप उछाल कायम गर्‍यो । दोस्रो दिनको कलेक्सन डेढ करोड थियो । दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले आइतबारदेखि पनि व्यापारमा आफ्नो पकड गुमाएको छैन । हलमा दर्शकको चाप सन्तोषजनक देखिन्छ ।

यसबीच, फिल्मको चार दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाखसहित फिल्मले चार दिनमा ३ करोड २४ लाख कमाई गरेको वितरक कम्पनी टी फल्क्सले जनाएको छ । बुधबार मजदुर दिवसको विदा भएकाले फिल्मको व्यापारमा एकपटक फेरि उछाल आउनसक्ने प्रक्षेपण गरिएको छ । पहिलो साताको व्यापार ४ करोडमाथि हुन सक्नेछ ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?