Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

बोक्सीको घरकाे अनपेक्षित ओपनिङ : पहिलो साताको व्यापार ४ करोडमाथि पुग्ने अनुमान


काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले अनपेक्षित ‘ओपनिङ’ गर्‍यो । पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले शनिबार थप उछाल कायम गर्‍यो । दोस्रो दिनको कलेक्सन डेढ करोड थियो । दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले आइतबारदेखि पनि व्यापारमा आफ्नो पकड गुमाएको छैन । हलमा दर्शकको चाप सन्तोषजनक देखिन्छ ।

यसबीच, फिल्मको चार दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाखसहित फिल्मले चार दिनमा ३ करोड २४ लाख कमाई गरेको वितरक कम्पनी टी फल्क्सले जनाएको छ । बुधबार मजदुर दिवसको विदा भएकाले फिल्मको व्यापारमा एकपटक फेरि उछाल आउनसक्ने प्रक्षेपण गरिएको छ । पहिलो साताको व्यापार ४ करोडमाथि हुन सक्नेछ ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?