Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

तनहुँमा बाह्र वर्षीय बालकले बनाए विद्युतीय स्कुटर


तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कुटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामै विद्युतीय स्कुटर बनाएर सफल परीक्षण गरेका छन्।

महँगो इन्धनको विकल्पमा विद्युतीय स्कुटर बनाउने इच्छा जागेकाले सात दिनमै सफल भएको रिमालले बताए । आफ्नो योजनामा बुबा नारायण रिमालले साथ दिनुभएकाले सम्भव भएको उनको भनाइ छ । एकपटक पूर्णरुपमा चार्ज गर्न करिव डेढ घण्टा लाग्ने र करिब १० किलोमिटर यात्रा तय गर्न सकिने स्कुटर बनाएको निश्चलको भनाइ छ ।

“विद्युतीय स्कुटर बनाउन सात दिन लाग्यो”, उनले भने , “मानिस आएर हौसला दिनुभएको छ । झनै आत्मबल बढेको छ, अब विद्युतीय कार बनाउने योजनामा छु”, निश्चलले स्कुटरमा मोटर, चार्जर, स्कुटरको पाङ्ग्रालगायत उपकरण जडान गरेका छन्।

छोराले सानै उमेरदेखि पढाइको अलावा बिग्रिएको पङ्खा, घडी, मोबाइल मर्मत गर्दै आएको बुबा नारायणले जानकारी दिए। छोराले आवश्यक सामग्री अनलाइनमार्फत खरिद गर्न माग गरेकाले आफूले सोहीअनुसार सहयोग गरेको उनको भनाइ छ । छोराले विद्युतीय कार बनाउने इच्छा व्यक्त गरेको र आफूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । “छोराले अब विद्युतीय कार बनाउँछु भनेको छ”, उनले भने , “अब कार बनाउन पनि सकेको सहयोग गर्छु ।

नेपाल पुलिस स्कुलका प्रधानाध्यापक पुष्प रायक्षेत्रीले विद्यालयको अतिरिक्त कृयाकलापमा  विद्युतीय उपकरण बनाउन निश्चल अग्रसर रहने गरेको बताए । निश्चलको क्षमतालाई बढावा दिन विद्यालयले सृजनात्मक वातावरण तयार गर्ने गरेको प्रधानाध्यापक रायक्षेत्रीको भनाई छ ।

‘पाँच कक्षा पढ्ने १२ बर्षीय बालकले बनाएको विद्युतीय स्कुटर देखेपछि हामी पनि छक्क परेका छौँ”, प्रधानाध्यापक रायक्षेत्रीले भने , “उहाँको क्षमतालाई अझै कसरी प्रस्फुटन गर्न सकिन्छ भन्नेमा हामी अग्रसर रहनेछौँ ।”


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?