Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

सम्बन्धको महत्व


भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । घरमा वृद्ध ससुरा र श्रीमान् बाहेक कोही थिएनन् । श्रीमानको आफ्नै व्यवसाय थियो । केही दिनयता बुहारीसँग एउटा अनौठो कुरा चलिरहेको थियो । बुहारी घरायसी काम सकेर अफिस जाने बेलामा ससुराले भने, “बुहारी, मेरो चस्मा सफा गरेर मलाई दिन सक्छौ कि ?।” अफिस जाँदा बुहारीलाई ससुराले सधैं चस्मा सफा गर्न भन्थे । कामको दबाब रसमयमा काममा निस्कन नपाउदा कहिलेकाहीँ बुहारीलाई मनमा रिस उठ्छ तर ससुरालाई केही भन्न सक्दिनन् ।

ससुराको यस्तो बानीबाट बुहारी पुरै दिक्क भइन्, उनले पतिलाई सबै कुरा सुनाइन्, बुवाको यस्तो व्यवहार देखेर श्रीमान् पनि छक्क परे तर बुहारीलाई केही भनेनन् । बुबा श्रीमानले आफ्नी श्रीमतीलाई सल्लाह दिए कि बिहान उठ्ने बित्तिकै बुवाको चस्मा सफा गरेर कोठामा राखिदियों भने यो समस्या समाधान हुन्छ कि भनेर सुझाए ।

भोलिपल्ट बुहारीले पनि त्यस्तै गरिन् र बिहानै ससुराको चस्मा राम्ररी सफा गरेर कोठामा राखिन् तर त्यस दिन पनि त्यही घटना दोहोरिन पुग्यो र अफिस जानुअघि ससुराले बुहारीलाई बोलाएर चस्मा सफा गर्न भने। बुहारी रिसले रातो भइन् तर रिसलाई कन्ट्रोल गर्नुको विकल्प थिएन । बुहारीले जति उपाय गरे पनि बिहान अफिस जाँदा ससुराले चस्मा साफ गर्न अर्हाउन छोडेनन् ।

बिस्तारै केहि वर्ष यसरी नै बित्यो । अब बुहारी पनि परिवर्तन भइसकेको थिइन् । बिस्तारै उनले ससुराको कुरालाई बेवास्ता गर्न थालिन् र एक समय यस्तो आयो जब बुहारीले ससुरालाई पूर्ण रूपमा बेवास्ता गर्न थालिन् । ससुराले केही बोल्दा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् र चुपचाप आफ्नो काममा व्यस्त भइन् । समय बित्दै जाँदा एक दिन वृद्ध ससुरा पनि बित्नुभयो ।

समयको चक्र रोकिनेवाला थिएन, घुमिरह्यो । त्यो दिन छुट्टी थियो। एक्कासी बुहारीको मनमा घर सफा गर्ने सोच आयो । घर सफा गर्न थालिन् । त्यसपछि सरसफाई गर्दागर्दै उनको मृत ससुराको डायरी भेटियो। जब बुहारीले ससुराको डायरी पल्टाउन थालिन्, त्यसको एउटा पानामा लेखिएको थियो —”आजको चहलपहल, चरम तनाव र व्यस्त जीवनमा घरबाट बाहिर निस्किदा आफ्ना सन्तानले ठूलाको आशीर्वाद लिन बिर्सन्छन् । तर ठूलाको आशीर्वादले अप्ठ्यारो समयमा सधै अवचको काम गर्छ ।

त्यसैले त तिमीले चस्मा सफा गरेर झुकाएर मलाई दिरहदा, मनमनै म तिम्रो टाउकोमा हात राख्थें, किनकी मर्नुअघि तिम्रो सासुले मलाई मलाई भनेकी थिइन्, ‘आफ्नो बुहारीलाई सधै माया गर्नु भन्नुभएको थियो । बुहारीलाई आफ्नो छोरी जस्तै बनाउनु र कहिले पनि उनी आफ्नो ससुराको घरमा छौ भन्ने आभास हुन नदिनु । उनको सानातिना गल्ती लाई आफ्नो अज्ञानता सम्झेर माफ गरिदिनु ।’ यसैले मेरो आशिर्वाद सदैव तिम्रो साथमा छ बुहरी !

डायरी पढेपछि बुहारी रुन थालिन् ।आज ससुरा बितेको २ बर्ष भन्दा बढी भैसक्यो तर आज पनि हरेक दिन बिदा हुँदा घरमा, उनी आफ्नो ससुराको चश्मा सफा गर्छिन् र उनको टेबुलमा राख्छिन्, ताकी उनको नदेखेको हातबाट आशीर्वाद प्राप्त मिलिरहोस ।जीवनमा हामी सम्बन्धको महत्व तबसम्म बुझ्दैनौं, जबसम्म हामीले महसुस गर्छौं, तिनीहरू हामीबाट टाढा भइसकेका छन्। यसैले आफ्ना अग्रज साथमा रहँदा नै सम्बन्धको सुमधुर बनाइरहनुहोस् ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?