Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

कविता:-नयाँ वर्षको शुभकामना


-राजेन्द्र गौतम / धुलाबारी, झापा

बाबु !
तिम्रो देशको नक्सामै गम्भीर खोट छ
शासकीय चेतमा भयावह दोष छ
सबै रुग्ण, थङ्थिलो र बिरामी छ
अरु सबैसबै उही र पुरानै भएपनि
तिमीसँग साँच्चै एउटा दर्बिलो साथ छ
हरेक दिन फेरिने एउटा बिहानी छ
बाबु त्यसैले तिमीलाई उही
पुरानै शैली र ढर्राको शुभकामना ।

बाबु !
दैनन्दिन फर्कने काठको बाकस उही छ
अचेतन शासन गर्ने तिम्रो शासक उही छ
रोग, भोक, शोक अनि गरिबी त्यही छ
अशिक्षा, अभाव र अवस्था पनि उस्तै छ
सबै नभएर पनि एउटा कुरा साँच्चै छ
पात्र र कुरा पटकपटक फेरिएको छ
बाबु त्यसैले तिमीलाई उही
पुरानै शैली र ढर्राको शुभकामना ।

बाबु !
पेट खाली छ, तिम्रो हाङ सर्वाङ्ग छ
यस्तैमा पनि तिमीले गर्ने एउटा काम छ
आज तिम्रो घरको असुरक्षित भित्तोमा
सबै तिथि, मिति प्रष्ट लेखिएको
तर, भविष्य असुरक्षित देखिएको
एउटा अनिश्चयको पात्रो फेरिएको छ
बाबु त्यसैले तिमीलाई
तिमी जस्तै उही तिम्रो साथीको
पुरानै शैली र ढर्राको शुभकामना ।

बाबु ! डराउँदै नडराउनु
किन्चित नहडबडाउनु
अनि कहिल्यै नसराप्नु
सतीले श्राप दिएको भनेर
यो गौतम बुद्धको देश हो ।
बाबु पटक्कै नरिसाउनु
र, प्रयास पनि नत्याग्नु
समृद्धि, खुशी र सुखको कुरा
अर्को नयाँ सालमा लेखुँला
हर्षका साथ अर्को वर्ष भेटुँला
साँच्चै नयाँ वर्षको नयाँ बिहान
अर्को वैशाख एकमा देखुँला
बाबु त्यसैले तिमीलाई यो वर्ष उही
पुरानै शैली र ढर्राको शुभकामना ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?