Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

बुद्धचित्तमालाको रुख काटेर सकेट बम राखी अज्ञात समूह फरार


काठमाडौँ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्त मालाको रुख इलेक्ट्रिक आरोले काटेर फरार भएका छन्।

घरधनी शेरबहादुर तामाङको उक्त बुद्धचित्त मालाको रुख गएराति १ बजेतिर अज्ञात समूहले काटेका थिए । अज्ञात समूहले काटेको बुद्धचित्तमालाको रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा पांच वर्षका लागि काभ्रेपलान्चोकका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई बिक्री भइसकेको खुलेको छ ।

घटनाको सुचना पाएको एक घण्टा भित्र प्रहरी पुग्दा आँगनमा ४ वटा सकेट बम र नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट फेला परेको थियो ।बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार अनुसन्धान लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?