Trending
>>   रास्वपा सक्ने घरबेटी बा… >>   कुन उमेरकालाई ‘हर्टएट्याक’काे जाेखिम कति? >>   नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरहरु) >>   मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू >>   स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः थपलिया >>   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव >>   न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारहरुको जोड >>   योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति >>   प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान >>   अस्ट्रेलियाली बेरोजगारी दर ४.० प्रतिशतले बढ्यो
Logo
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई बुधबार पक्राउ गरेको हो । घले २०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

उनी लगायतका व्यक्तिले एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए । ती महिला प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भएको थियो । सो मुद्दामा घले त्यसबेलादेखि नै फरार रहेको खुलेको छ ।


प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?