Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

श्रीमानको परिक्षा


एक दिन एउटी महिलाले आफ्नो श्रीमानको परिक्षा लिने निधो गरिन । आफू थाहै नदिइ कतै गए मेरो श्रीमानले के गर्दो रहेछ जान्न चाहन्थिन् उनि । त्यसैले एउटा चिठ्ठी लेखिन जहाँ भनिएको थियो; ‘म तिमीसँग थाकिसके; तिमीसँग अब अरू जीवन काट्न चाहदिन । गुडबाई ।’ यति लेखिसकेपछि उनले त्यो चिठी बेडरूमको टेबलमा राखिन् र आफू खाटमुनी गएर लुकिन ।

जब श्रीमान् घर आए उसले त्यो टेबलमा राखेको पत्र देखे र पढे । त्यही कागजमा आफ्नो जवाफ लेखे । अनि, लुगा फेर्दै गाउन र नाच्न थाले । आफ्नो फोन झिके र कसैलाई डायल गरे अनि भन्न लागे — “हे बेबी, भर्खर लुगा फेर्दैछु । लुगा फेरि सकेर तिमीलाई भेट्न आउछु ल । मेरो मुर्ख श्रीमतीले हाम्रो सम्बन्धको बारेमा थाहा पाइछ क्या, त्यही भएर छोडेर गइ । मालई त्यतीबेला नै थाहा थियो उनीसँग विवाह गर्नु साँच्चै गलत हो भनेर । खसमा पहिले नै तिमीलाई चिनेको भए, योसँग कहाँ विहे गर्थे र । अब त मेरो छातीबाट दश किलोको ढुंगा हटाए जस्तै भयो । ल, म भेट्न आइहाले है ।”

यति भनेर श्रीमान कोठाबाट बाहिर निस्केर गयो । खाटमुनी बसेर सुनीरहेकी उसकी श्रीमती रुन थालिन । उनि खाट मुनिबाट उठेर आइन अनि पतिले चिठीमा के लेखेको रहेछ भनेर हेरिन । पत्रमा लेखिएको थियो — “मैले खाटमुनि तिम्रा काला खुट्टा देखिराछु । अब धेरै नाटक गर्नु आवश्यक छैन । अघि मैले पनि कसैलाई फोन हानेको होइन । म पाउरोटी किन्न पसल जाँदैछु। तिमी चिया बनाउँदै गर ।”


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?