Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा


नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो ।

अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले संगित भरेका छन । गितमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गितलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गितका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीबन, आधा सिन्दुर र ताई न तूई, सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरि सकेका छन् भने उनी शिखा मिडिया प्रा लि अर्थात दर्पण पोष्ट डट कम को अध्यक्ष पनि रहेका छन् ।

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन । गितले नेपालको अबस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गित संगित फेरी पनी ल्याउने बताएका छन् ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?