Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

देशका विभिन्न भूभागमा हावाहुरी सहित बर्षाको सम्भावना


काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भु-भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?