Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो


निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको रु ४२ करोड लागतमा सुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले निरीक्षण गर्नुभएको हो । उक्त सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्गसमेत हो ।

सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ । सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको हो । तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीका प्रतिनिधि तीर्थराज न्यौपानेको भनाइ छ । कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माणकार्य सम्झौता गरेको हो । देउसावासीलाई जाम जुस बनाउने तालिम सोलुखुम्बुको देउसाका ३५ कृषकलाई जुस तथा जाम बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना र वडा कार्यालयको समन्वयमा थुलुङ दूधकोसी गाउँपालिका–७ मा कृषकलाई फलफूलबाट जुस तथा जाम बनाउने तालिम दिइएको हो । तालिममा सहभागी कृषक पासाङ तामाङले स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजबाट पनि उद्यमी बन्न सकिने रहेछ भन्ने कुरा तालिमबाट थाहा पाएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास अधिकृत सङ्गीता राईले उत्पादन भएका फलफूलले बजारीकरण नपाएको अवस्थामा वडाको मागअनुसार कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका विभिन्न पालिकामा जुस तथा जाम बनाउने तालिम प्रदान गरिरहेको छ ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?