Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला !


सप्तरी । सुरुंगा नगरपालिका– ७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आरोप लगाएर पञ्चायती बसी गाउँ निकाला गरिएको हो ।

पञ्चायतीमा मुख्य भूमिका पूर्ववडाध्यक्ष धनिकलाल साहले गरेका थिए । उनले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको जानकारी दिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन् । गत सोमबार देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए ।

मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरेको थियो । सोही निर्णयअनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो ।

पञ्चायती बसेकै वेला सिन्दुर हालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । भिडिओमा ती महिला र देवर भनिएका व्यक्तिलाई बीचमा पारेर गाउँलेले घेरा हालेका छन् । महिला बसेर रोइरहेकी देखिन्छिन् भने देवर भनिएका व्यक्ति उभिएका छन् । उनलाई गाउँलेले महिलालाई सिन्दुर हाल्न लगाएको देख्न सकिन्छ । गाउँलेमध्ये एकजनाले ती व्यक्तिलाई दोसल्ला ओढाउँछन् । यत्तिकैमा महिलालाई जबर्जस्ती बसेको ठाउँबाट उठाइन्छ ।

देवर भनिएका व्यक्तिले सिन्दुर हाल्छन् । महिलाले रुँदै सिन्दुर पुस्छिन् । सिन्दुर पुछेको विषयमा पनि समाजले आपत्ति जनाउँछ । अन्त्यमा ती व्यक्तिले हातमा समातेर महिलालाई लिएर जान्छन् । गाउँबाट निकालिएपछि दुवैजना अहिले सम्पर्कविहीन छन् । भाउजू नाता पर्नेसँग विवाह गराई गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्ली परेका छन् ।

अनैतिक सम्बन्धको आशंकामा समाजबाट बहिष्कार गर्नु कानुनविपरीत रहेको दलित अधिकारकर्मी जीवन रामले बताए । ‘यदि कसैले गल्ती गरेको रहेछ भने प्रहरीमा बुझाउनुपर्छ । कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘गाउँमै पञ्चायती राखेर विवाह गराउने अनि गाउँ निकाला गर्ने घटना सरसर गलत हो ।’ नयाँ पत्रिकामा खबर छ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?