Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला !


सप्तरी । सुरुंगा नगरपालिका– ७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आरोप लगाएर पञ्चायती बसी गाउँ निकाला गरिएको हो ।

पञ्चायतीमा मुख्य भूमिका पूर्ववडाध्यक्ष धनिकलाल साहले गरेका थिए । उनले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको जानकारी दिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन् । गत सोमबार देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए ।

मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरेको थियो । सोही निर्णयअनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो ।

पञ्चायती बसेकै वेला सिन्दुर हालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । भिडिओमा ती महिला र देवर भनिएका व्यक्तिलाई बीचमा पारेर गाउँलेले घेरा हालेका छन् । महिला बसेर रोइरहेकी देखिन्छिन् भने देवर भनिएका व्यक्ति उभिएका छन् । उनलाई गाउँलेले महिलालाई सिन्दुर हाल्न लगाएको देख्न सकिन्छ । गाउँलेमध्ये एकजनाले ती व्यक्तिलाई दोसल्ला ओढाउँछन् । यत्तिकैमा महिलालाई जबर्जस्ती बसेको ठाउँबाट उठाइन्छ ।

देवर भनिएका व्यक्तिले सिन्दुर हाल्छन् । महिलाले रुँदै सिन्दुर पुस्छिन् । सिन्दुर पुछेको विषयमा पनि समाजले आपत्ति जनाउँछ । अन्त्यमा ती व्यक्तिले हातमा समातेर महिलालाई लिएर जान्छन् । गाउँबाट निकालिएपछि दुवैजना अहिले सम्पर्कविहीन छन् । भाउजू नाता पर्नेसँग विवाह गराई गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्ली परेका छन् ।

अनैतिक सम्बन्धको आशंकामा समाजबाट बहिष्कार गर्नु कानुनविपरीत रहेको दलित अधिकारकर्मी जीवन रामले बताए । ‘यदि कसैले गल्ती गरेको रहेछ भने प्रहरीमा बुझाउनुपर्छ । कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘गाउँमै पञ्चायती राखेर विवाह गराउने अनि गाउँ निकाला गर्ने घटना सरसर गलत हो ।’ नयाँ पत्रिकामा खबर छ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?