Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बैशाख १ देखि काठमाडौंभित्र २ चरणमा नक्सा स्वीकृती


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो बैशाख (२०८१) १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ । महानगरपालिकाको सहरी व्यवस्थापन विभागले वडा सचिव र वडाका इञ्जिनियरका लागि आयोजना गरेको ‘भवन निर्माण मापदण्ड २०८० तथा भवन संहिता सम्बन्धी’ अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो ।

अभिमुखीकरणमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, कर्मचारीहरुले निष्पक्ष र तटस्थ सेवा प्रदान गरिरहेकोमा विश्वाश गरिरहेको बताउनुभयो । ‘विधि र पद्धति तपाईँहरुका आधारभूत सीमा हुन् । त्यसको मर्यादाभित्र रहेर सेवा प्रवाह गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा हो । कानुनमा नलेखिएका विषयमा निर्णय गर्दा पनि विवेकको प्रयोग गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘प्राविधिकहरुले निर्माण गर्ने स्थलगत प्रतिवेदनहरु तथ्यमा आधारित र विषयको विस्तृत जानकारी हुने विवरण आवश्यक छ । यसमा ध्यान दिनुहोला ।’

‘सहर निर्माण गर्ने क्रममा अब खुल्ला स्थानमा संरचना नबनाउने नीति अबलम्बन गर्नु पर्ने अवस्था छ ।’ सहरलाई चाहिने खाली जमिन अभाव हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘वडाको सेवा प्रवाहका सवल पक्ष, दुर्वल पक्ष, सम्भावना र चुनौतीका विषयमा वडामै बसेर काम गर्ने जनप्रतिनिधि र कर्मचारी धेरै थाहा छ । धेरै समस्या वडा तहबाटै समाधान हुन्छन् । कुनै समस्या महानगरबाट समाधान गर्नु पर्ने अवस्था रह्यो भने नीति, योजना, कार्यक्रम तथा सहजीकरणका सबै कोणबाट काम गर्न म प्रतिवद्ध छु ।’


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?