Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

आज तराईका जिल्लामा होली मनाइँदै


काठमाडाैं । आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व मनाइँदै छ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।

रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्साउने पर्वको रूपमा पनि लिने गरिएकाले साथी सङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ।

पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा खुसीयाली प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ। होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्त्व रहेको छ।

नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ। पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान् गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा होली पर्व मनाउने गरिएको छ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?