Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं। पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासी कावासेती नगरपालिका-८ ठेगाना भई कास्की पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१७ दुधपाटीबाट पक्राउ गरेको हो । क्षेत्रीले आफू अविवाहित रहेको भनी पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेको, मृगौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगि आफ्नै साथीलाई देखाई झुक्यानमा पारेको, उपचारको लागि ७० लाख भन्दा बढि पैसा जम्मा गरेको भनी झुठो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको तथा उपचारको व्यवस्था मिलाउन भनी झुठो बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले नेपालको सीमा नजिक भारतको बजारसम्म लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?