Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान


स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ ।

विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताउनुभयो । “सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै स्वास्थ्यचौकी बनाउन सके सामान्य उपचार यही हुन्थ्यो भन्ने ठानेर जग्गा दिएको हुँ ।” जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताउनुभयो ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?