Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

शेखर कोइराला भन्छन-‘माओवादीसँगको गठबन्धन कांग्रेसलाई महङ्गो भयो !’


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ताको लागि जे पनि गर्न तयार पार्टी भएकोले कांग्रेसलाई महँगो परेको बताएका छन् ।उनले प्रधानमन्त्री प्रचण्डले सोमबारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपालगायत दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई सामान्य घटना नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले भनेका छन् ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन। उनले सत्ता गठबन्धन बन्नु र तोडिनुमा कांग्रेस पनि जिम्मेवार रहेको बताउँदै भविष्यका लागि सजग हुनुपर्ने बताएका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं,’ उनले भनेका छन् ।सत्ता गठबन्धन टुट्नु को आधिकारिक धारणा कांग्रेसले आजको कार्यसम्पादन समितिको बैठकपछि मात्रै सार्वजनिक गर्ने बताएको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?