Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

कुटानी मिलमा दक्ष कामदारको अभाव


टीकापुर,कैलाली। कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्ष अर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

त्यसैगरी, कामदारले अनुभवका आधारमा काम गर्छन् । यसरी प्राविधिक ज्ञान नसिकेर काम गर्दा सुरक्षा जोखिम रहन्छ तर पनि यहाँका कामदारले तालिम पाउन सकेको देखिँदैन । विसं २०५३ सालदेखि टीकापुरको सत्तीमा प्रभा राइस मिल सञ्चालन गर्दै आएका वीरेन्द्र शाहले मिल व्यवसायीका समस्या धेरै रहेका बताए ।’मिस्त्री सबै तालिम प्राप्त छैनन्, काम गर्दागर्दै अनुभव बटुलेकालाई काममा लगाउनुपर्छ’, उनले भने, ‘यिनै मिस्त्री पाउन पनि समस्या रहेको छ । पछिल्ला केही वर्षयता गाउँगाउँमा मिलको सङ्ख्या धेरै भएकाले काम कम पाइने समस्या छ । काम कम पाइने, करिब छ वर्षदेखि दररेट वृद्धि नभएकाले मिल व्यवसायी घाटामा छौँ ।’

उक्त मिल बिग्रिएमा पाटपुर्जा महँगो पाइने, मर्मतमा समेत खर्चिलो रहेको मिल व्यवसायीको गुनासो छ । मिल व्यवसायी शाह पालिकाले दररेट तोकिदिनुपर्ने, कामदारलाई तालिम दिनुपर्ने माग गरे । ‘मिस्त्रीका दक्षता र सुरक्षाका लागि तालिम आवश्यक छ । हामीले माग गरिरहेका छौँ’, उनले भने, ‘अहिले मिल सञ्चालन गर्न कठिन छ । जुन सञ्चालक आफैँले मिस्त्रीको काम गर्नुहुन्छ, उनको मिलमात्र अलि चलेको देखिन्छ, कामदार राखेर चलाउन निकै कठिन छ । आम्दानी खासै छैन ।’

त्यस्तै, मिल व्यवसायी समिति टीकापुरका अध्यक्ष सुरत रावल न्यौपाने मिलमा काम गर्ने सबै कामदार तालिमप्राप्त नभई अनुभवका आधारमा काम गरिरहेका कार्यरत रहेका र मिल व्यवसायीका समस्यामा कतैबाट सहयोग नमिलेको बताउछन् । ‘हामी सङ्गठित भएका छौँ, सङ्गठित भएर पनि केही गर्न सकेका छैनौँ’, उनले भने, ‘पाँच जति ठूला मिल छन्, उनीहरूले यहाँ उत्पादित चामल, गहुँको पिठो कुटानी, पिसानी गरेर अन्यन्त्र निर्यात पनि गरिरहेका छन् । अन्य मिल गाउँका किसानलाई राहत दिनका लागि सञ्चालनमा छन् ।’

अध्यक्ष रावल मिल सञ्चालनका क्रममा दुर्घटना भएमा सञ्चालक आफैँले बेहोर्नु परिरहेको बताउछन् । ‘यसअघि पनि मिलको पट्टामा बेरिने, चोटपटक लाग्नेजस्ता केही घटना भएका छन्’, उनले भने, ‘घटना भएमा मिल सञ्चालक आफैँले बेहोर्नुपर्ने समस्या छ ।’

सो मिल व्यवसायीले सेलरमा धान कुटेको प्रतिक्विन्टल रु १५०, होलरमा प्रतिक्विन्टल रु १००, तोरी पेलानीको प्रतिकिलो रु १० र पिसानीको प्रतिकिलो रु पाँच शुल्क लिने गरेका छन् ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?