Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अशक्तलाई न्यानो कपडा वितरण


नेपालगञ्जस्थित वृद्धाश्रममा बस्दै आएका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई कर्मचारी मिलन केन्द्र बाँकेले चिसोबाट जोगाएको छ । नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा रहेका असहाय व्यक्ति चिसोका कारण प्रभावित भएपछि केन्द्रले न्यानो कपडा कम्बल वितरण गरेको मिलन केन्द्रका अध्यक्ष खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रले खाद्यान्न र नगद सहयोग समेत गरेको छ । नीलसागरमा रहने सहयोगापेक्षीहरुको आश्रमका लागि निर्माण भइरहेको भवनका लागि रु ३० हजार एक सय ११ र खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बेसहाराको दुःख र पीडामा होस्टेमा हैँसे तथा हातेमालो गर्ने अभिप्रायले सङ्कलन गरेको रकम र खाद्यान्न मिलन केन्द्रले सहयोग गरेको बताउनुभयो । केन्द्रले यसअघि पनि नेपालगञ्जमै सञ्चालित आश्रमलाई रु ५० हजार बराबरको न्यानो कपडा कम्बल सहयोग गरेको केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग समन्वय गरी कम्बल वितरण गरेको हो । घर, परिवार र आफन्त नभएका तथा सडकपेटीबाट उठाएर ल्याएका व्यक्तिलाई सहयोग गर्नु मानवीय सेवा भएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?