Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अशक्तलाई न्यानो कपडा वितरण


नेपालगञ्जस्थित वृद्धाश्रममा बस्दै आएका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई कर्मचारी मिलन केन्द्र बाँकेले चिसोबाट जोगाएको छ । नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा रहेका असहाय व्यक्ति चिसोका कारण प्रभावित भएपछि केन्द्रले न्यानो कपडा कम्बल वितरण गरेको मिलन केन्द्रका अध्यक्ष खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रले खाद्यान्न र नगद सहयोग समेत गरेको छ । नीलसागरमा रहने सहयोगापेक्षीहरुको आश्रमका लागि निर्माण भइरहेको भवनका लागि रु ३० हजार एक सय ११ र खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बेसहाराको दुःख र पीडामा होस्टेमा हैँसे तथा हातेमालो गर्ने अभिप्रायले सङ्कलन गरेको रकम र खाद्यान्न मिलन केन्द्रले सहयोग गरेको बताउनुभयो । केन्द्रले यसअघि पनि नेपालगञ्जमै सञ्चालित आश्रमलाई रु ५० हजार बराबरको न्यानो कपडा कम्बल सहयोग गरेको केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग समन्वय गरी कम्बल वितरण गरेको हो । घर, परिवार र आफन्त नभएका तथा सडकपेटीबाट उठाएर ल्याएका व्यक्तिलाई सहयोग गर्नु मानवीय सेवा भएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?