Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

घर फर्केका नागरिक फेरि काठमाडौं आउनुपर्ने बाध्यता किन भयो ?


-प्रदीप पाैडेल

मिटरब्याज समस्या हल गर्न कानुन बनाएपछि घर फर्केका नागरिक फेरि पनि उहीँ समस्या लिएर काठमाडौं आउनुपर्ने बाध्यता किन भयो ? कानुन कार्यान्वयन नभएको हो वा कानुनले पीडित नागरिकका वास्तविक समस्या पहिचान गर्न नसकेको हो ?

आन्दोलनरत नागरिकका समस्या सुन्दा मिटरब्याज आर्थिक अपराधमात्रै नभई गम्भीर सामाजिक अपराध सँग जोडिएको देखिन्छ । तर, राज्यले आर्थिक विषयमा मात्रै कानुनी उपचारको खोजी गरेको छ । त्यसमाथि पनि नियम र सम्झौता बमोजिम आम नागरिकले आफूले लिएको ऋण तथा ब्याज तिर्न तयार छन् ।

तर, कानुनी व्यवस्थालाई समेत उल्लंघन गरेर ती किसानहरूको अभाव र कानुनी ज्ञानको पहुँच विहिनतालाई दुरुपयोग गरेर तमसुक गराई न्यनतम ब्याज भन्दा धेरै गुणा असुल गर्ने, पटक पटक सावा ब्याज भरपाई गर्दा पनि कहिलै नसकिने गरी लिइरहने, तिर्न नसकेको भन्दै धेरै किसानलाई आफ्नो भूमी देखि नै बेदखल गर्ने जस्ता थुप्रै जटिल समस्या छन् ।

यी विषय आफैमा असामाजिक र गैर कानूनी हो । त्यसमाथि पनि छुट्टै विधेयक समेत बनिसकेको छ । यसमा सरासर कानुनी उपचार खोज्न सकिन्छ । तर, तीनै नागरिक किन राज्यका कानुनमा समेत आश्वस्त हुन सकिरहेका छैनन् ? यो अत्यन्तै गम्भीर प्रश्न छ ।

त्यसैले मिटरब्याज किसानका विषयमा तत्काल हल खोज्न तथा साहुकारसँग भएका लेनदेनका कागज र तमसुक छानविन गरी सत्य तथ्य पत्ता लगाउन छुट्टै विश्वासिलो प्रबन्ध गर्न सरकारलाई माग गर्दछु ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?