Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जितगढी किल्ला प्रवेश गर्न अब शुल्क तिर्नुपर्ने


काठमाडौं। बुटवलको ऐतिहासिकस्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी १८७२ वैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो ।

त्यस्तै, गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो भने उक्त उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्वीकृत गरिसकेको छ ।

जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार जितगढी अवलोकनको लागि प्रवेश शुल्क लाग्ने भएको हो । कार्यविधिअनुसार सर्वसाधारण नेपाली नागरिकले जितगढी किल्ला अवलोकन गर्न २० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ भने विद्यार्थीको लागि १० रूपैयाँमात्र शुल्क कायम गरिएको छ ।

विदेशी पर्यटकको लागि भने १ सय रुपैयाँको टिकट काट्नुपर्ने छ भने चलचित्रको सुटिङ र म्युजिक भिडिओको लागि १ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै, सय जनाभन्दा बढीको उपस्थितिमा फिल्म सुटिङको लागि भने २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?