Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जितगढी किल्ला प्रवेश गर्न अब शुल्क तिर्नुपर्ने


काठमाडौं। बुटवलको ऐतिहासिकस्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी १८७२ वैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो ।

त्यस्तै, गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो भने उक्त उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्वीकृत गरिसकेको छ ।

जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार जितगढी अवलोकनको लागि प्रवेश शुल्क लाग्ने भएको हो । कार्यविधिअनुसार सर्वसाधारण नेपाली नागरिकले जितगढी किल्ला अवलोकन गर्न २० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ भने विद्यार्थीको लागि १० रूपैयाँमात्र शुल्क कायम गरिएको छ ।

विदेशी पर्यटकको लागि भने १ सय रुपैयाँको टिकट काट्नुपर्ने छ भने चलचित्रको सुटिङ र म्युजिक भिडिओको लागि १ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै, सय जनाभन्दा बढीको उपस्थितिमा फिल्म सुटिङको लागि भने २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?