Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड


घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि उठाउने भन्नेबारेमा साना उद्योगीसँग मङ्गलबार गरेको अन्तक्र्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।

गण्डकी प्रदेश सरकारका मुख्यसचिव रविराज पन्तले साना व्यवसायीले आफ्नो उत्पादनलाई दिगो राख्न सके प्रदेश तथा केन्द्र सरकारबाट सहयोग प्राप्त हुने बताउनुभयो । गाउँका बाँझा जमिनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले पछिल्लो समय कृषि क्षेत्रमा समेत विदेशी लगानी भित्रिएकाले ती बाँझा जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्न जरुरी भएको बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले आन्तरिक उत्पादनलाई राज्यले संरक्षण गर्ने नीति ल्याएको बताउनुभयो । सबै किसानका उत्पादनलाई सङ्कलन गरी एकै ठाउँमा राखेर बजारीकरण गर्न सरकारले काम सुरु गर्न लागेको उहाँको भनाइ थियो । प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश सरकारले आम्दानीका स्रोतहरु वृद्धि गर्नका लागि यस क्षेत्रमा उत्पादन गर्न सकिने स्थान र स्थानीय पर्यटकीय तथा अन्य सम्भावनाका क्षेत्र पहिचान गर्न जरुरी भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारले सोच्न जरुरी भएको छ भन्नुभयो । कृषिमा अझै पनि आधुनिकीकरण हुन नसक्नु विडम्बना भएको बताउँदै उहाँले स्थानीय उत्पादनलाई प्राथामिकतामा राख्दै सरकार अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?