Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत


कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताउनुभयो । कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताउनुभयो । महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उहाँले कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गर्नुभयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रथम हुने कृषकलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय र तृतीयलाई रु एक हजार पुरस्कार उपप्रमुख थारूले प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?